कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

ज्यानसम्बन्धी कर्तव्य ज्यान कसुरमा कुर्मीमाथि पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसी राजु कार्कीले जानकारी दिएका छन् ।

मंसिर २६, २०८२

शंकर आचार्य

Fugitive defendant in manslaughter case arrested after 19 years

काठमाडौँ — पर्सा कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–२ घर भई परवानीपुरस्थित एक कम्पनीमा काम गर्ने ५४ वर्षीय विनोदप्रसाद कुर्मी छन् । 

उनलाई प्रहरीले विशेष सूचनाको बुधबार वीरगन्ज महानगरपालिका–२१ बाट नियन्त्रणमा लिएको हो । कुर्मीले २०६३ असोज ५ गते तत्कालीन पर्सा लिपनीविर्ता गाविस वडा नं ८ पटेलनगर बस्ने वर्ष २३ का रामप्रसाद पटेललाई लिपनी विर्ता गाविस–८ स्थित सिर्सिया नदीको डिलमा निर्घात कुटपिट तथा कर्तव्य गरी मारेको अभियोग रहेको थियो ।

ज्यानसम्बन्धी कर्तव्य ज्यान कसुरमा कुर्मीमाथि पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसी राजु कार्कीले जानकारी दिएका छन् । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully