नाबालिक जबरजस्ती करणी मुद्दामा एमाले नेता पक्राउ

विवाहपञ्चमीलगत्तै जनकपुरधामको एक होटलमा बालिकालाई उनीसहित चार जनाले जबरजस्ती गरेको आरोप छ ।

मंसिर २३, २०८२

कमलेश ठाकुर

UML leader arrested in minor rape case

जनकपुरधाम — नाबालिकलाई जबरजस्ती करणी गरेको मुद्दामा एमाले नेता शिवशंकर साह हिरा पक्राउ परेका छन् । मंगलबार साँझ भारतको सीतामढीबाट एमाले नेता हिरालाई पक्राउ गरेर धनुषा प्रहरीलाई जीमा लगाइएको छ  । 

विवाहपञ्चमीलगत्तै जनकपुरधामको एक होटलमा बालिकालाई उनीसहित चार जनाले जबरजस्ती गरेको आरोप छ । सोही मुद्दामा हिराका भाइ मनोज साह केही दिनअघि काठमाडौंबाट पक्राउ परेका थिए । 

हिरा एमालेबाट २०७९ सालको जनकपुरधाम नगर प्रमुखको उम्मेदवार थिए । उनी प्रदेश उद्योग वाणिज्य संघ मधेशका पूर्वअध्यक्षसमेत छन् । यीबाहेक यही मुद्दामा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र बालिकाका मामा समेत पक्राउ परेका छन् । 

बालिका अहिले सेफ हाउसमा बसिरहेका छन् । उनले दिएको जाहेरीको आधारमा थप अनुसन्धान भइरहेको छ । 

धनुषा प्रहरीका एसपी रुगम कुँवरले शाहलाई नाबालिकालाई पक्राउ गरेको पुष्टि गरे ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully