आजै मधेश प्रदेश सरकारका तीनजना मन्त्रीले शपथ ग्रहण गरेका छन् ।
धनुषा — मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बुधबार विश्वासको मत लिने भएका छन् ।
आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए ।
शुक्रबार नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज मन्त्रीमण्डल गठन गरेका छन् ।
मुख्यमन्त्री यादवको शपथ सकिएलगत्तै तीन जना मन्त्रीले पनि शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादी कनिश पटेललाई बिना विभागीय मन्त्रीको रूपमा शपथ खुवाएका छन् भने जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवलाई अर्थमन्त्रीको शपथ खुवाए ।
बाँकी मन्त्रलायको टुंगो विश्वासको मत पाएपछि गर्ने सरकारको तयारी छ ।
