स्रोत नखुलेको १२ लाख २९ हजारसहित भारतीय पक्राउ

ब्रहम्पुरी गाउँपालिका-४ त्रिभुवननगर प्रहरी चौकीको पछाडिको बाटोमा भारतबाट आउँदै गरेको बिआर ३० वाइ ३२८७ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा प्रहरीले भारतको सोनवर्सा ग्राम पंचायत-२ का २९ वर्षका धर्मेन्द्र महतोलाई नियन्त्रणमा लिएको हो ।

मंसिर २१, २०८२

ओमप्रकाश ठाकुर

Indian arrested with Rs 1.229 million, source unknown

सर्लाही — सर्लाही प्रहरीले सीमावर्ती क्षेत्रस्थित त्रिभुवननगरबाट स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ब्रहम्पुरी गाउँपालिका-४  त्रिभुवननगर प्रहरी चौकीको पछाडिको बाटोमा भारतबाट आउँदै गरेको बिआर ३० वाइ ३२८७ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा प्रहरीले भारतको सोनवर्सा ग्राम पंचायत-२ का २९ वर्षका धर्मेन्द्र महतोलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट १२ लाख २९ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद गरिएको रकमको स्रोत महतोले देखाउन सकेको छैन । 

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । 

अन्य मुलुकबाट आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई एजेन्ट, निजी व्यापारी, व्यक्ति वा दर्ता नभएका एजेन्सीमार्फत नेपाल पठाउने वा नेपालबाट बाहिरी देशमा हुण्डीमार्फत पठाउने काम पछिल्लो समय सीमाक्षेत्रमा बढेको छ ।

ओमप्रकाश ठाकुर

Link copied successfully