कृष्णप्रसाद यादव : संविधानसभा सदस्य हुँदै मधेशको मुख्यमन्त्रीसम्म

कृष्णप्रसाद यादव २०६४ सालको पहिलो संविधानसभा सदस्य चुनावमा रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए ।

मंसिर १९, २०८२

शिव पुरी

Krishna Prasad Yadav: From Constituent Assembly member to Chief Minister of Madhesh

रौतहट — रौतहटको गढीमाई नगरपालिका-८ स्थित बरियारपुरमा २०२४  भदौ ९ गते जन्मिएका कृष्णप्रसाद यादव राजनीतिक पृष्ठभूमिको परिवारबाट प्रतिनिधित्व गर्छन् । २०४६ सालको आन्दोलनपछि कांग्रेसको सक्रिय राजनीतिमा आएका यादव बरियारपुर गाउँका हुन् ।

उनका बुवा रामचन्द्र पनि राजनीतिज्ञ हुन् । रामचन्द्र २०५४ सालमा कांग्रेसबाट बरियारपुर गाविस अध्यक्षमा चुनाव जितेका थिए । 

कृष्णप्रसाद यादव २०६४ सालको पहिलो संविधानसभा सदस्य चुनावमा रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । २०६७ सालदेखि लगातार दुई पटक पार्टीको रौतहट जिल्ला सभापति भइसकेका छन् । त्यसपछि उनी मधेश प्रदेश कांग्रेस सभापति बनेका हुन् । २०७९ सालको प्रदेशसभा निर्वाचनमा उनी क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित भए । उनले कृषिमा स्नातक गरेका छन् । 

गत पुस १४ गते पार्टीको उनी संसदीय दलको नेतामा यादव चुनिएका हुन् । मधेश प्रदेशको अघिल्लो सरकारमा कांग्रेसको समर्थन फिर्ता लिने निर्णयमा पनि उनले सांसद र पार्टी नेता दुवैको हैसियतमा भूमिका खेलेका थिए । प्रदेशसभामा जसपा नेतृत्वको सरकार हुँदा उनी भौतिक मन्त्रीसमेत भइसकेका छन् । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully