नयाँ सरकारका लागि मधेशमा कांग्रेस र लोसपाले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
जनकपुर — मधेश प्रदेशमा नयाँ सरकार बनाउन सात दलको बैठक सुरु भएको छ।
प्रदेशसभा सचिवालयमा सुरु भएको बैठकमा सात दलका नेता तथा सांसद उपस्थित रहेको लोसापाका सांसद उपेन्द्र महतोले जानाकारी दिए।
उनका अनुसार यसै बैठकबाट नयाँ सरकारको छिनोफानो हुने बताए । नयाँ सरकारका लागि मधेशमा कांग्रेस र लोसपाले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८ को २ बमोजिम शुक्रबार ५ बजेसम्म सरकारका लागि दाबी पेस गर्न समय तोकेका छन् ।
सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपाउने छाँट देखेपछि बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले राजीनामा गरेपछि मधेशमा अर्को सरकार बन्नेछ ।
