मधेशमा कांग्रेस- लोसपा आ-आफ्नै अडानमा, सात दलको बैठकमा जुटेन सहमति

कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दाबी नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले जानकारी दिए ।

मंसिर १८, २०८२

अजित तिवारी

Congress, LSP in Madhesh hold their own stances, no consensus reached in seven-party meeting

जनकपुर — मधेश प्रदेशमा नयाँ सरकार बनाउने विषयमा बसेको सात दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । 

कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दाबी नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले जानकारी दिए । 

कांग्रेसले मधेश प्रदेशमा सबै दलको नेतृत्वमा सरकार बनिसकेकाले कांग्रेसको पालो भन्दै मुख्यमन्त्री दिनु पर्ने अडान राखेको थियो । 

लोसपाले भने जितेन्द्र सोनलको सरकार धेरै दिन नचलेको र अपमानपूर्ण हट्नु परेकोले एक पटक फेरि लोसपालाई अवसर दिनु पर्ने भन्दै मुख्यमन्त्रीको दाबी गरे । 

जसपा सचेतक यादवले कांग्रेस र लोसपालाई छुट्टै बसेर सहमति गर्न समय दिएको बताए । उनले आजै अबेर फेरि सात दलको बैठक बस्ने जानाकारी दिए ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully