वीरगन्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व

कार्यालयले चालु आवको चार महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट चार अर्ब ५८ करोड, कपडाबाट चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट तीन अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

Birgunj Customs collects 33 billion in revenue in four months

वीरगन्ज (पर्सा) — वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा  पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट  रु २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट १० अर्ब १० करोड रुपैयाँ राजस्व उठाएको छ । 

कार्यालयले चालु आवको चार महिनामा  फलाम तथा फलामबाट बनेका सामानबाट चार अर्ब ५८ करोड,  कपडाबाट चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट तीन अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । 

इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब सात करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आवको चार महिनामा वीरगञ्जबाट दुई खर्ब ८४ अर्ब ८९ करोड रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएका छन् । कार्यालयले चालु आवमा ७५ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully