उप–सभामुख बबिता राउत ईशरले दिउँसो ३ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको जानकारी दिइन्।
काठमाडौँ — प्रदेशसभा बैठक आह्वान भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने परम्परा भए पनि मधेश प्रदेशमा सोमबार फरक दृश्य देखिदै छ । किनकी बैठक आह्वान नहुँदै कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ ।
सरकारले बैठक आह्वान र मुख्यमन्त्रीको तर्फबाट विश्वासको मत लिने सम्बन्धी कुनै पत्र प्रदेशसभामा नआएको बताउँदै उप–सभामुख बबिता राउत ईशरले दिउँसो ३ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको जानकारी दिइन्। समितिमा सर्वोच्चबाट प्राप्त परमादेश र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पठाएको पत्रका विषयमा छलफल हुने पनि उनले बताइन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशसभा आह्वान नहुँदै कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको बताए।
सम्बन्धित समाचार
२४ घण्टाभित्र विश्वासको मत लिन मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको परमादेश
