१० किलो चरेससहित १ जना पक्राउ

कालो ब्यागभित्र प्लास्टिकले बेरी लुकाइ–छिपाई राखिएको १० किलो लागुऔषध चरेस फेला

मंसिर १६, २०८२

शंकर आचार्य

1 person arrested with 10 kg of hashish

पर्सा — प्रहरीले लागुऔषध चरेससहित वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा धोबिनी गाउँपालिका–५ का ४८ वर्षीय समसुल मिया छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा मंगलबार बिहान १० बजेको समयमा वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चौकस्थित सडकमा शंकास्पद रूपमा पैदल हिँडिरहेका मियालाई रोकी शरीर खानतलासी गर्दा उनले बोकेको कालो ब्यागभित्र प्लास्टिकले बेरी लुकाइ–छिपाई राखिएको १० किलो लागुऔषध चरेस फेला परेको थियो ।

मियालाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिएका छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully