प्रहरीले गौर रोड घर भएका ३२ वर्षीय भोला साह र चन्द्रपुर–६ घर भएका २८ वर्षीय राजेश राईलाई शनिवार साँझ पक्राउ गरेको हो ।
रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–४ गौर रोड नजिक प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
गौर रोड घर भएका ३२ वर्षीय भोला साह र चन्द्रपुर–६ घर भएका २८ वर्षीय राजेश राईलाई इलाका प्रहरी कार्यालयले शनिवार साँझ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार साह बैंकिङ कसुरका फरार प्रतिवादी हुन् । प्रहरी सहायक निरीक्षक निलेश पाठकको टोलीले साहलाई घरमै नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा पाइन्टको गोजीबाट १९० ग्राम ब्राउन सुगर फेला परेको हो ।
उनकै बयानको आधारमा राईलाई समेत पक्राउ गरेको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ । पक्राउ परेका साह र राईबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चन्द्रपुर इलाकामा लागू औषधको कारोबार बढेको भन्दै स्थानीयले प्रहरीको आलोचना गर्दै आएका छन् ।
