चेकिङ टोलीले शुक्रबार वीरगन्ज महागनरपालकिा–१६ रजतजयन्ती चोकबाट उनलाई पक्राउ गरेको हो ।
पर्सा — वीरगन्ज नाकाबाट स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला रक्सौल नगरपालिका–१ का ५३ वर्षीय सुरेन्द्र साह छन् ।
उनलाई प्रहरीले १० लाख रुपैयाँ हुण्डीको रकमसहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको चेकिङ टोलीले शुक्रबार वीरगन्ज महागनरपालकिा–१६ रजतजयन्ती चोकबाट उनलाई पक्राउ गरेको हो । सडक खण्डमा जाँच गर्ने क्रमममा मधेश प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार साहको मोटरसाइकलबाट उक्त रकम बरामद भएको हो । मोटरसाइकलको बायाँ तर्फको एयर फिल्टरबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको हो । बरामद रकममध्ये नेपाली रुपैयाँ १ हजार दरका सात सय थान, पाँच सय दरका छ सय थान नोट रहेका थिए ।
साहलाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
