प्रहरीले पकाहामैनपुर गाउँपालिका– १ धोरेका ३४ वर्षीय अवधेश पटेललाई १५ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो।
पर्सा — प्रहरीले श्रोत नखुलेको हुण्डीको रकमसहित पर्साको पकाहामैनपुर गाउँपालिकाबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पकाहामैनपुर गाउँपालिका– १ धोरेका ३४ वर्षीय अवधेश पटेललाई १५ लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो।
विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त चेकिङ टोलीले आइतबार दिउँसो अढाई बजेको समयमा पकाहामैनपुर गाउँपालिका–१ धोरे चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा भारतीय २२ एएफ ४१२६ नम्बरको मोटरसाइकलमा सवार पटेलले मोटरसाइकलको लेग-गार्डमा झोलाभित्र कालो प्लास्टिकमा बेरेर उक्त रकम राखेको अवस्थामा पक्राउ गरेको हो।
बरामद रकम १ हजार दरका ७ सय ९० थान गरी सात लाख ९० हजार, पाँच सय दरका एक हजार तीन सय १ थान गरी छ लाख ५० हजार पाँच सय, एक सय दरका ५ सय ६९ थान गरी ५६ हजार नौं सय, ५० दरका नोट ५० थान गरी दुई हजार पाँच सय र २० दरका ५ थान गरी १ सय समेत कूल १५ लाख रुपैयाँ रहेको छ।
पटेललाई मोटरसाइकल सहित नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को दफा १ सय २५ को (क) बमोजिम हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुर मा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
