रौतहटमा अत्याधुनिक पेस्तोलसहित युवक पक्राउ

बाराको निजगढ नगरपालिका–६ स्थायी घर भई हाल हेटौंडास्थित पदमपोखरीमा बस्ने आचार्यले कहाँबाट पेस्तोल ल्याए र त्यसको उद्देश्य के हो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

मंसिर ६, २०८२

शिव पुरी

Youth arrested with state-of-the-art pistol in Rautahat

रौतहट — रौतहटको चन्द्र्रनिगाहपुरमा सशस्त्र प्रहरीले शनिबार दुइटा अत्याधुनिक पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकबारे अनुसन्धान गर्न सशस्त्रले नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।

चन्द्रपुर नगरपालिका–४ स्थित देउराली चोकबाट सशस्त्र प्रहरी बलको टोलीले पैदल हिँडिरहेको अवस्थामा चेक गर्दा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्यलाई मेड इन इटाली लेखेको अटोमेटिक बेरेटा पेस्तोल १, सोको म्याग्जिन एक र ब्राउनिङ (सीएफ) लेखेको पेस्तोल एक, सोको म्यागजिन एक र १३ राउन्ड गोली, खुकुरीसहित पक्राउ गरिएको सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालय बर्दिबासका प्रमुख डीआईजी कृष्ण ढकालले जानकारी दिए ।

डीआईजी ढकालका अनुसार सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा आचार्यलाई पक्राउ गरिएको हो । दुवै पेस्तोल अत्याधुनिक छन् । 

बाराको निजगढ नगरपालिका–६ स्थायी घर भई हाल हेटौंडास्थित पदमपोखरीमा बस्ने आचार्यले कहाँबाट पेस्तोल ल्याए र त्यसको उद्देश्य के हो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ । सशस्त्र प्रहरीले पक्राउ गरेका आचार्यलाई हतियारसहित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको हो । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully