रौतहटमा करेन्ट लागेर बालकको मृत्यु

मौलापुर नगरपालिका-४ पतौरा टोल घर भई गौर नगरपालिका-५ बस्दै आएका सुनिल साहको ५ वर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

मंसिर ६, २०८२

शिव पुरी

Child dies of electrocution in Rautahat

रौतहट — रौतहटको सदरमुकाम गौरमा शनिबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । करेन्ट लागेर घाइते बालकको उपचारको क्रममा मृत्यु भएको हो । 

मौलापुर नगरपालिका-४ पतौरा टोल घर भई गौर नगरपालिका-५ बस्दै आएका सुनिल साहको ५ वर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । 

गौरस्थित हनुमान मन्दिर नजिक स्थानीय वीरबहादुर साहको बन्दै गरेको नयाँ पक्की घरमा खेल्ने क्रममा टप (छत) नजिकैको विद्युत्‌को तारमा छुँदा रितिकलाई करेन्ट लागेको थियो । उनी घाइते भएपछि तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । उपचारको क्रममा रितिकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी गौरले जनाएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully