सप्तरीमा १० क्विन्टल गाँजा बरामद

डीएसपी डम्बरबहादुर पुरी र डीएसपी काफ्लेको नेतृत्वमा खटिएको संयुक्त टोलीले २८ वटा बोराभित्र प्लास्टिकले प्याक गरिएको अवस्थामा गाँजा बरामद गरेको हो । उक्त विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

मंसिर ५, २०८२

विद्यानन्द राम

10 quintals of marijuana seized in Saptari

राजविराज — सप्तरीमा बिहीबार राति करिब १० क्विन्टल गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१३ का २५ वर्षका सन्देश श्रेष्ठ रहेका छन् । 

९ सय ७८ किलो गाँजा ना ५ ख ५३५ नम्बरको ट्रकमा लोड गरेर पूर्व-पश्चिम लोकमार्ग फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको अवस्थामा श्रेष्ठलाई जिल्लाको कंचनरूप नगरपालिका-२ बरमझियाबाट पक्राउ  गरिएको इलाका प्रहरी कार्यालय कंचनपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । 

डीएसपी डम्बरबहादुर पुरी र डीएसपी काफ्लेको नेतृत्वमा खटिएको संयुक्त टोलीले २८ वटा बोराभित्र प्लास्टिकले प्याक गरिएको अवस्थामा गाँजा बरामद गरेको हो । उक्त विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसअघि साउन ४ र २३ मा पनि करिब ८ क्विन्टल गाँजा बरामद गरिएको थियो । जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलबाट ३ सय ९६.९ र राजगढ गाउॅंपालिका-३ नर्घो पछ्वारी टोलकी ४० वर्षीया रेखाकुमारी मण्डलको घरबाट पनि ३ सय ८८.७३ किलो गाँजा बरामद भएको थियो ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully