सर्लाहीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु 

दुर्घटनामा बागमती नगरपालिका-४, प्रसाईं टोलका ५० वर्षीय केशव शिवाकोटीको मृत्यु भएको हो ।

मंसिर ३, २०८२

ओमप्रकाश ठाकुर

Pedestrian dies after being hit by car in Sarlahi

सर्लाही — पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बागमती नगरपालिका-४, प्रसाईं टोलका ५० वर्षीय केशव शिवाकोटीको मृत्यु भएको हो ।

शिवाकोटी गए राति बागमतीमा बालाचतुर्दशी मेला हेरेर घरतर्फ फर्कंदै गर्दा नम्बर खुल्न नसकेको कारले ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका शिवाकोटीको उपचारका क्रममा बुधबार बिहान न्यूरो अस्पताल वीरगन्जमा मृत्यु भएको हो ।

पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको कारले बागमती प्रदेश ०३-००१ ख ३४५५ नम्वरको यात्रुबाहक बसलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न कारको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

ओमप्रकाश

Link copied successfully