मधेश प्रदेशसभा बैठकको समय सारियो 

आज प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलमाथि पदअनुसारको आचरण नगरेको प्रस्तावमाथि छलफल हुन लागेको छ।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

Madhesh Provincial Assembly meeting time postponed

जनकपुरधाम — मधेश प्रदेशसभा बैठकको समय सारिएको छ । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएकोमा दुई घण्टाभित्र सुरु हुने अवस्था नदेखिएपछि उक्त बैठकलाई स्थगित गरेर अर्को सूचना जारी गरिएको हो । 

मधेश प्रदेशसभा सचिवालयले दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरेर ३ बजेर १० मिनेटमा बस्ने गरि अर्को सूचना जारी गरेको छ । 

प्रदेशसभा कार्यसञ्चालन नियमावलीको नियम ६ को (२) अनुसार बैठक आह्वान गरेको समयदेखि २ घण्टासम्म समेत बैठक बस्न नसकेपछि त्यसलाई स्थगित गरेर पुनः अर्को सूचना जारी गर्नुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार प्रदेशसभा बैठकको समय परिवर्तन गरिएको हो। सचिव र विद्युत नहुँदा बैठकमा अविलम्ब भइरहेको छ । सचिव वासुप्रसाद कोइराला काठमाडौंबाट आउन लागेका छन्।  सभामुख रामचन्द्र मण्डल पनि काठमाडौंबाट आउन लागेका हुन् । त्यसपछि बैठक सञ्चालन हुने छैन । 

आज प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलमाथि पदअनुसारको आचरण नगरेको प्रस्तावमाथि छलफल हुन लागेको छ।

कान्तिपुर

Link copied successfully