नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना घुस लिएको आरोपमा पक्राउ 

छुट जग्गा दर्ता गर्नका लागि भन्दै घूस लिएको आरोपमा दुवै जनालाई मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Two people, including a surveyor from the Birgunj Survey Office, arrested on charges of accepting bribes

काठमाडौँ — नापी कार्यालय वीरगन्ज (पर्सा)मा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र नापी टोली आदर्शनगर पानी ट्यांकी वीरगन्जमा कार्यरत कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

छुट जग्गा दर्ता गर्नका लागि भन्दै घूस लिएको आरोपमा दुवै जनालाई मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित वीरगन्ज महानगरपालिका-३ आदर्शनगर पानी ट्यांकीस्थित नापी कार्यालय पर्सा १,२,३ को नापी कार्यालय नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

कान्तिपुर

Link copied successfully