नवौँ दिन मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवनको मुख्य ढोकामा नै ७ सात दलका नेता–कार्यकर्ता धर्नामा बसेका छन् ।
जनकपुर — मधेश प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको फैसला कुर्दै आन्दोलित ७ दलले मंगलबार ९औं दिन पनि जनकपुरमा धर्नामा बसेका छन् ।
सर्वोच्च अदालतमा सरकार गठन संवैधानिक नरहेको भन्दै कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना सांसदका तर्फबाट रिट दायर गरिएको थियो । सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको रिटमाथि मंगलबार पनि सुनुवाइ हुने समय तोकिएको छ ।
मधेश प्रदेशमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै ७ दलले मधेशमा आन्दोलन थालेका हुन् ।
नवौँ दिन मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवनको मुख्य ढोकामा नै ७ सात दलका नेता–कार्यकर्ता धर्नामा बसेका छन् । जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले सर्वोच्च अदालतको फैसला कुर्दै मंगलबार पनि शान्तिपूर्ण धर्नामा बसेको बताए ।
