कमला र सहजा नदीमा पुल नबनाएको भन्दै सिरहामा सरकारविरुद्ध 'अर्थी जुलुस'

कमला र सहजाको पुल नबन्दा स्थानीयले वर्षौंदेखि चरम सास्ती भोग्दै आएका छन्

कार्तिक ३०, २०८२

विनय आजाद

'Money rally' against the government in Siraha, alleging that bridges have not been built on the Kamala and Sahaja rivers

सिरहा — मधेशको लाइफलाइन मानिने हुलाकी सडकअन्तर्गत कमला र सहजा नदीमा पुल नबनाएको भन्दै सिरहामा स्थानीयले सरकारविरुद्ध 'अर्थी जुलुस' निकालेका छन् । हुलाकी सडक संघर्ष समितिले आइतबार सिरहा सदरमुकाममा अर्थी जूलुस निकालेको हो ।

कमला र सहजाको पुल नबन्दा स्थानीयले वर्षौंदेखि चरम सास्ती भोग्दै आएको भए पनि सरकार यसप्रति संवेदनशील र जिम्मेवार नदेखिएको उनीहरूको आरोप छ । 'हामीलाई सरकार बाँचेकै छ जस्तो लाग्न छाड्यो, त्यसैले सरकारको अर्थी जुलुस निकालेका हौं,' संघर्ष समितिका संयोजक रामरिझन यादवले भने ।

जुलुसका क्रममा प्रदर्शनकारी र आन्दोलनकारीबीच नोकझोकसमेत परेको थियो । आफूहरूको आवाजलाई सरकारले बेवास्ता गरिरहे चरणबद्ध निर्णायक संघर्षमा जान बाध्य हुने चेतावनी यादवले दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully