मधेश सरकार मुख्यालय नजिक सात दलको धर्ना

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटलमा शपथग्रहण गराएकामा सात दल असन्तुष्ट छन् ।

कार्तिक २८, २०८२

अजित तिवारी

Seven political parties stage sit-in near Madhesh government headquarters

जनकपुर — एमालेका संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी) लाई संविधान मिचेर मुख्यमन्त्रीमा नियुक्त गरेको विरोधमा सात दलका नेता–कार्यकर्ता शुक्रबार पनि धर्नामा बसेका छन् । 

मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवन अगाडिका सडकमा सात दलका नेता–कार्यकर्ता धर्नामा बसेका हुन् । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेर बर्दिबासको होटलमा शपथग्रहण गराएकामा सात दल असन्तुष्ट छन् । सात दलले लगातार सडकमा धर्ना बसेर विरोध जनाइरहेका छन् । 

यता, पद अनुकूल आचारण नगरेको भन्दै सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रस्ताव दर्ता भएपछि लगातार १० पटक संसद बैठकमा अनुपस्थित रहेका भन्दै ५ जना सांसदलाई पदमुक्त गरिएकामा उनीहरुले आपत्ति जनाएका छन् । 

पदमुक्त गरिएका पाँचैजना सांसद जनकपुरस्थित प्रदेशसभा सचिवालयमा शुक्रबार पुगेर आफूहरुको उपस्थितिको हाजिरी रेकर्ड माग गरेका छन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully