५ सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखले गरिन् बदर

आफूविरुद्ध 'पदअनुकूल आचरण नगरेको प्रस्ताव' दर्ता भएपछि मधेश प्रदेशसभाका सभामुख मण्डलले बिहीबार पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका थिए।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Deputy Speaker overturns Speaker's decision to dismiss 5 MPs

काठमाडौँ — मधेश प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउतले उल्ट्याएकी छन्।  

आफूविरुद्ध प्रदेशसभामा 'पदअनुकूल आचरण नगरेको प्रस्ताव' दर्ता भएपछि सभामुख मण्डलले बिहीबार प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका थिए।  

उपसभामुख राउतले उनीहरु २२ गतेको विश्वासको मतसम्बन्धी निर्णयको छलफलमा भाग लिएको भिडियाे र फाेटाेसमेत भएको भन्दै बदर गरेकी हुन् । 

लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै मण्डलले उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदाशंकर प्रसाद कलवार (जसपा) लाई पदमुक्त गरेका थिए । सभामुखविरुद्ध ७ दलका ७४ सांसदले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव दर्ता गरेका थिए।

सभामुख मण्डल एमालेबाट निर्वाचित भएका हुन् भने राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन्।

Deputy Speaker overturns Speaker's decision to dismiss 5 MPs

कान्तिपुर

Link copied successfully