धनुषामा गोली हानी वडाध्यक्षको हत्या, हत्या गर्ने प्रहरी पक्राउ 

गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको स्थानीयले बताएका छन् ।

कार्तिक २८, २०८२

कमलेश ठाकुर

Ward chair shot dead in Dhanusha, police officer arrested for murder

जनकपुरधाम — धनुषामा प्रहरीले नै गोलीहानी एक वडाध्यक्षको हत्या गरेको छ । मिथिला बिहारी नगरपालिका-९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो । उनलाई धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भू यादवले गोली हानी हत्या गरेका छन् । 

उनलाई धनुषा प्रहरीले हिरासतमा लिएका छन् । गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको स्थानीयले बताएका छन् । हत्या गर्ने प्रहरी पनि सोही गाउँका रहेको स्थानीयले बताए ।

धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले घटना सम्बन्धमा पूर्ण विवरण नआएको बताए । तर, एक जना वडाध्यक्षको मृत्यु भएको र दुई जना घाइते रहेको उनले बताए । 

घाइतेको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully