७ दलले बिहीबार सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । कारबाहीस्वरुप उनले ५ सांसदलाई पदमुक्त गरेका हुन् ।
जनकपुर — मधेशमा सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाका ५ सदस्यलाई पदमुक्त गरेका छन् ।
७ दलले बिहीबार सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । कारबाहीस्वरुप उनले ५ सांसदलाई पदमुक्त गरेका हुन् ।
पदमुक्त हुनेमा उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदाशंकर प्रसाद कलवार (जसपा) छन् ।
संविधानको धारा १८० (घ) बमोजिम प्रदेशसभामा लगातार १० वटा बैठकमा अनुपस्थित भएको आजैका मितिदेखि प्रदेसभा सदस्यबाट पदमुक्त गरेको प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ ।
कात्तिक २२ गतेको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णयविपरीत प्रदेशसभामा संसदीय दलको नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको, एक दलको निर्देशनबमोजिम समाभुखले पटकपटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना सभा चलाएको भन्दै ७ दलले 'सभामुखले पदअनुकूल आचरण नगरेको प्रस्ताव' दर्ता गरेका थिए ।
