चक्कु प्रहार गर्ने वर्णवाललाई तत्कालै नियन्त्रणमा लिइ अनुसन्धान थालिएको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
पर्सा — वीरगन्जमा बुधबार दिउँसो चक्कु प्रहारबाट एक महिला घाइते भएकी छिन् । वीरगन्ज–१ स्थित चित्रगुप्त टोलमा दिउँसो करिब २ बजेको समयमा स्थानीय रामाशंकर मालीको घरमा डेरा गरी बस्ने अजय कर्णकी पत्नी ४२ वर्षीया नुतन कर्णउपर उनकै छिमेकी ३२ वर्षीया खुशी वर्णवालले चक्कु प्रहार गरेकी हुन् ।
तरकारी काट्ने चक्कुले वर्णवालले कर्णउपर प्रहार गरेकी थिइन् । हाल नारायणी अस्पतालमा उपचाररत कर्णको अवस्थमा मध्यम रहेको छ ।
दुवैबीच कुनै विवाद रहेको कारण यो घटना भएको अनुमान गरिएको र वर्णवाललाई तत्कालै नियन्त्रणमा लिइ अनुसन्धान थालिएको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
