हत्याको आरोपमा वरिष्ठ हवल्दारसहित दुई जना पुर्पक्षका लागि कारागार चलान

फतुवा विजयरपुर नगरपालिका–२ सितलपुरका वरिष्ठ हवल्दार हरदेव राय यादव र कपिलदेव यादवलाई जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको एकल ईजलासले आइतबार अबेर साँझ थुनामा पठाउने आदेश गरेको हो ।

कार्तिक २४, २०८२

शिव पुरी

Two people, including a senior constable, remanded in custody on charges of murder

रौतहट — जिल्ला अदालत रौतहटले शंकर साह बनिया हत्या प्रकरणमा दुई आरोपीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको छ । प्रहरीका वरिष्ठ हवल्दारसहित दुईजनाविरुद्ध पुर्पक्षको आदेश भएका हो ।

फतुवा विजयरपुर नगरपालिका–२ सितलपुरका वरिष्ठ हवल्दार हरदेव राय यादव र कपिलदेव यादवलाई जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको एकल ईजलासले आइतबार अबेर साँझ थुनामा पठाउने आदेश गरेको हो ।

जग्गाको विवादमा स्थानीय शंकर साहको हत्याको आरोपमा दुई साता अघि दुवै पक्राउ परेका थिए । विवादकै क्रममा दुवै मिलेर हत्या गरेको शंकरका परिवारजनको आरोप छ । अदालतमा थुनछेक बहस सुरुहुना साथ पीडित परिवारले न्याय माग्दै अदालत बाहिरको मुख्य गेटमा साँझ सम्म धर्ना दिएका थिए । 

दुवैविरुद्ध साँझ आदेश भएका थियो । मुलुकी फौजदारी कार्यविधिसंहिता अनुसार उनीहरुलाई तत्काल निर्दोष भन्न नसकिने ठहर गरेको अदालतका उपसचिव केशरनाथ अर्यालले जानकारी दिए । गत असोज २६ गते जग्गा विवादको क्रममा शंकरको कुटपिटबाट मृत्यु भएको थियो ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully