विभिन्न किसिमका मानिसले सेवन गर्ने औषधिसहित बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुर बस्ने १८ वर्षीय हरिओमकुमार पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पर्सा — सशस्त्र प्रहरीले शनिबार वीरगञ्जबाट ठूलो परिमाणमा तस्करीको औषधिसहित एक किशोरलाई नियन्त्रणमा लिएको छ ।
विभिन्न किसिमका मानिसले सेवन गर्ने औषधिसहित बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुर बस्ने १८ वर्षीय हरिओमकुमार पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पासवानलाई सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको टोलीले वीरगञ्ज–१६ इनर्वास्थित खेतबाट भारतबाट अवैध रूपमा टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ५८ हजार ९१३ रुपैयाँ बराबरको औषधिसहित पक्राउ गरेको हो।
सशस्त्र प्रहरीले पक्राउ परेका पासवानलाई औषधिसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी विश्वराज योञ्जनले जानकारी दिए।