कांग्रेससहित ६ दलका नेता पुगे मधेश प्रदेश प्रमुखको कार्यालयमा

प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान नगरेपछि ६ दलका प्रदेशसभा सदस्य तथा प्रतिनिधिहरु पुगेका हुन् ।

कार्तिक २३, २०८२

कमलेश ठाकुर

Leaders of 6 parties including Congress reach Madhesh Province Chief's office

जनकपुरधाम — मधेश प्रदेश प्रमुखको कार्यालयमा नेपाली कांग्रेससहित ६ दलका नेताहरु पुगेका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान नगरेपछि ६ दलका प्रदेशसभा सदस्य तथा प्रतिनिधिहरु पुगेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, कार्यबाहक मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल), नेकपा माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव, नेकपा एकिकृत समाजवादी पार्टीका प्रमुख सचेतक कनिश पटेल र नागरिक उन्मुक्तिका सांसद उर्मिला देवी सिंह त्यहाँ पुगेका हुन् । उनीहरुले प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्न पुगेका हुन् ।

सोनल पदबाट शनिबार नै मधेश प्रदेश सभाबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख भण्डारीले दिनभरि सबै दल र संविधान विज्ञसँग आज परामर्श लिएकी थिइन् । तर, पनि उनले अझैसम्म नयाँ सरकार गठनको लागि आह्वान गरेकी छैनन् । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully