केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–८ का ३७ वर्षीय दीपककुमार महरा रहेका छन् । 

कार्तिक २३, २०८२

शंकर आचार्य

Escaped prisoner arrested from Central Jail

पर्सा — जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका एक कैदी पर्साबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–८ का ३७ वर्षीय दीपककुमार महरा रहेका छन् । 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पर्सा जिल्ला अदालतबाट २५ वर्ष कैद तोकिएका कर्तव्य ज्यान मुद्दाका अभियुक्त महरालाई आइतबार उनका घरबाट पक्राउ गरेको हो ।

उनी भदौ २४ गते केन्द्रीय कारागार, जगनाथदेवल, काठमाडौंबाट फरार भएका थिए। पक्राउ गरेपछि महरालाई वीरगन्ज कारागार पठाइएको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully