प्रदेश प्रमुखको कार्यालयमा सोनलले बुझाए राजीनामा

शनिबार मधेश प्रदेशसभामा सोनलले विश्वासको प्रस्ताव पेस गरेका थिए । तर, विश्वासको मत नपाउने देखिएपछि मतदान प्रक्रियामा जानुअघि नै उनले राजीनामा घोषणा गरेका थिए ।

कार्तिक २२, २०८२

कमलेश ठाकुर

Sonal submitted her resignation to the provincial chief's office.

जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा बुझाएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष शनिबार साँझ उनले राजीनामा पत्र बुझाएका हुन् ।

शनिबार मधेश प्रदेशसभामा सोनलले विश्वासको प्रस्ताव पेस गरेका थिए । तर, विश्वासको मत नपाउने देखिएपछि मतदान प्रक्रियामा जानुअघि नै उनले राजीनामा घोषणा गरेका थिए ।

‘मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको छु । मुख्यमन्त्री पदमा रहँदा सबैबाट प्राप्त सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

सोनलले राजीनामा दिए पनि उनको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुखको कार्यालयले आधिकारीक रुपमा सूचना सार्वजनिक गरेको छैन ।   

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully