मुख्यमन्त्री सोनलको सरकार संकटमा

विश्वासको मत लिने दिन नेकपा माओवादी केन्द्रका दुई जना सांसदले विद्रोह गर्ने उद्घोष गरेपछि सोनल सरकार संकटमा पर्ने भएको हो ।

कार्तिक २२, २०८२

कमलेश ठाकुर

Chief Minister Sonal's government is in crisis.

जनकपुरधाम — मधेश प्रदेशको मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) नेतृत्वको सरकार संकट पर्ने देखिएको छ । विश्वासको मत लिने दिन नेकपा माओवादी केन्द्रका दुई जना सांसदले विद्रोह गर्ने उद्घोष गरेपछि सोनल सरकार संकटमा पर्ने भएको छ ।

शनिबार नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारी र माला कर्णले पक्ष/विपक्षमा मतदान नगर्ने उद्घोष गरेका थिए । सोनल सरकारलाई ५३ मत आवश्यक छ । तर, सोनललाई मात्र ५२ मत पर्ने देखिन्छ । जसपाका १८, जनमतका ११,नेकपा माओवादीको ७,नेकपा एसको सात,लोसपाको आठ र नागरिक उन्मुक्तिको एक गरी मात्र ५२ मत पाउने सम्भावना छ ।

सोनल गएको असोज २९ गते ५६ सांसदको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । त्यो ५६ बाट नवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साह जनस्वराज रोजेका छन् भने आज प्रदेश सभामा अनुपस्थित छन् । जसपाका सांसद सरोज सिंह कुशवाहा निलम्बित भएका छन् । र, माओवादीका दुई सांसदले मतदान नगर्ने उद्घोष गरेर विद्रोह गर्ने जनाइसकेका छन् ।

मधेश प्रदेश सभामा हाल एक सय चार सदस्य छन् । चार जना सांसद आज अनुपस्थित छन् । मुख्यमन्त्री सोनलले आज सबै सांसदलाई एक ढिक्का भएर मद दिन अनुरोध गरेका थिए । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully