शनिबार बेलुका ६ बजेदेखि साेमबार बेलुकासम्म बाराका ६२ किलोमिटर खुला सीमा बन्द रहने जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक सूचना प्रकाशित गरी जनाएकाे हाे ।
बारा — भारतकाे विहार राज्यमा नाेम्बर ११ मा हुन लागेकाे दाेस्राे चरणकाे विधानसभा चुनावका सुरक्षाकाे लागि बाराका ६२ किलोमिटर खुला सीमा तीन दिन बन्द रहने भएकाे छ ।
शनिबार बेलुका ६ बजेदेखि साेमबार बेलुका साेही समयसम्म (कात्तिक २२ देखि २५ सम्म) बन्द रहने जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक सूचना प्रकाशित गरी जनाएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रकाअनुसार नेपाल-भारत सीमा समन्वय बैठककाे निर्णयबाट सीमा नाका बन्द रहनेछ ।
विहारकाे समकक्षी कार्यालयका अधिकारीकाे अनुराेधमा दुवै देशीय सुरक्षा अधिकारीकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । आकस्मिक आवागमनबाहेका सबै आउजाउ बन्द रहने प्रजिअ मिश्रले बताए ।
