मधेश प्रदेश सभामा सांसद अन्सारीले आफैंलाई दले मोसो

'जेन–जी आन्दोलनले व्यवस्था बदलियो तर  अवस्था बदलिएन'

कार्तिक २२, २०८२

कमलेश ठाकुर

MP Ansari gets himself elected in Madhesh Pradesh Assembly

जनकपुरधाम — नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले मधेश प्रदेश सभामा आफैं मोसो दलेर संसद‍्लाई सम्बोधन गरेका छन् । मधेश प्रदेश सभामा शनिबार बोल्दै उनले आफ्नो अनुहारमा आफैं मोसो दलेका हुन् । 

‘आज सार्वजनिक अपराध स्वीकार गर्न आएको छु । म पक्ष र विपक्ष कुनैमा मतदान गर्दिनँ । कुनै पनि पार्टीको कुरा मान्दिनँ,’ उनले अनुहारमा मोसो लगाउँदै भने ।

'मधेशका ६४ लाख जनताको अवस्था के छ ?' सदनमा प्रश्न गर्दै उनले भने, 'जेन–जी आन्दोलनले व्यवस्था बदलियो तर  अवस्था बदलिएन ।'

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully