मधेश प्रदेश सभा : सरकार पक्ष बाहिरिएपछि १० मिनेटका लागि बैठक स्थगित

सरकार पक्षद्वारा रहबर अन्सारीलाई कुन नियमावली अनुसार बोल्न दिएको भन्दै प्रश्न ।

कार्तिक २२, २०८२

कमलेश ठाकुर

Madhesh Provincial Assembly: Meeting adjourned for 10 minutes after government faction leaves

जनकपुरधाम — मधेश प्रदेश सभा १० मिनेटका लागि स्थगित भएको छ । कार्यसूचीलाई उछिनेर सभामुखले नेकपा माओवादीका सांसद रहबर अन्सारीलाई बोल्न दिएको विषयमा आपत्ति जनाउँदै सत्ता पक्ष मधेश प्रदेश सभाबाट बाहिरिएको हो ।

सरकार पक्षका दलहरूले सभामुख रामचन्द्र मण्डललाई ३० मिनेटपछि सभा सञ्चालन गर्न माग गरेका थिए । तर, सभामुखले मधेश प्रदेश सभा कार्य सञ्चालन र नियामवली अनुसार चल्ने बताएपछि सरकार पक्षले रहबर अन्सारीलाई कुन नियमावली अनुसार बोल्न दिएको भन्दै प्रश्न गरेका थिए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले यसमा विशेष आपत्ति जनाएका हुन् ।

रहबर अन्सारीले मत नदि‌ंदा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनार (सोनल) नेतृत्वको सरकारलाई विश्वासको मत नपुग्ने अड्कलबाजी गर्न थालिएको छ ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully