निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह, त्रिभुवन साह, नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी र राप्रपाकी सांसद कञ्चन विच्छा अनुपस्थित छन् ।
जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनार (सोनल) नेतृत्वको सरकारलाई समर्थन गरेका दुईसहित चार जना प्रदेश सभा सदस्य विश्वासको मत लिने दिन अनुपस्थित रहेका छन् ।
निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह, त्रिभुवन साह, नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी र राप्रपाकी सांसद कञ्चन विच्छा अनुपस्थित भएका हुन् ।
सिंह र साहले जनमतबाट छुट्टिएर बनेको जनस्वराज पार्टी रोजेका कारण अनुपस्थित भएको बताएका छन् भने अन्सारी र विच्छा पार्टीको निर्णयअनुसार तटस्थ रहन अनुपस्ठित रहेको जनाए ।
सोनल आज मधेश प्रदेश सभामा विश्वासको मत लिँदै छन् । नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको विपक्षमा मतदान गर्ने तयारीमा छन् ।
सोनललाई जनता समाजवादी पार्टीका १८, जनमतका ११, नेकपा माओवादी (केन्द्र)का नौ, लोसपाका आठ, नेकपा एकीकृत समाजवादीका सात र नागरिक उन्मुक्तिका एक जनाले मत दिने छन् । सोनल गएको असोज २९ गते पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
