सप्तरीमा आइतबार रातिदेखि ७२ घण्टाका लागि सीमा बन्द

आइतबार राति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्म सप्तरीसँग सिमाना जोडिएको बिहारको मधुबनी र सुपौल जाने मुख्य नाकासहित अन्य सीमा हुँदै आवतजावत गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।

कार्तिक २२, २०८२

विद्यानन्द राम

Border closed in Saptari for 72 hours from Sunday night

राजविराज — सप्तरी प्रशासनले भारतको बिहारमा भइरहेको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै आइतबार मध्यरातिदेखि ७२ घण्टाका लागि सीमा बन्द गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गत बैशाख १० मा नेपाल–भारत समकक्षी बैठकमा भएको समझदारीअनुसार सीमा बन्द गर्न लागेको हो ।

आइतबार राति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्म सप्तरीसँग सिमाना जोडिएको बिहारको मधुबनी र सुपौल जाने मुख्य नाकासहित अन्य सीमा हुँदै आवतजावत गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।

दोस्रो चरणमा बिहारका मधुवनी, सुपौलसहित २० जिल्लामा १२२ विधान सभा सिटका लागि मंगलबार (११ नोभेम्वर) मतदान हुँदैछ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully