डुबेर बालकको मृत्यु

बाराको विश्रामपुर गाउँपालिका–५ मुसहरवाका कन्हाई साहका १२ वर्षीय छोरा सनी कुमार साहको पोखरीमा डुबेर मृत्यु भएको हो।

कार्तिक २१, २०८२

शंकर आचार्य

Child dies by drowning

पर्सा — वीरगन्जस्थित एक पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान १० बजेतिर वीरगन्ज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठीघाटको पोखरीमा बारा विश्रामपुर गाउँपालिका–५ मुसहरवाका कन्हाई साहका १२ वर्षीय छोरा सनी कुमार साह मृत फेला परेका थिए ।

सुरक्षा बेस बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक लोकबहादुर कार्कीको कमाण्डमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालयबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सञ्जीव यादवको नेतृत्वमा खटिएको विपद्‌ उद्धार टोलीले बालकको शव पोखरीबाट निकालेर आवश्यक प्रक्रियाका लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी विश्वराज योञ्जनले जानकारी दिए।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully