आयोग निरन्तरताको माग गर्दै भूमिहीनको प्रदर्शन

नापी कार्यालय पुगेका भूमिहीनले कार्यालय प्रमुख संजय मानन्धरलाई आयोग खारेजीको विरुद्धमा ५ बुँदे ज्ञापनपत्रसमेत बुझाएका छन् ।

कार्तिक १९, २०८२

ओमप्रकाश ठाकुर

Landless protest demanding continuation of the commission

सर्लाही — भूमि आयोग निरन्तरताको माग राख्दै सर्लाहीका भूमिहीनहरुले बुधबार सदरमुकाम मलंगवामा प्रदर्शन गरेका छन् । उनीहरूले आयोग खारेजीको विरुद्घमा नापी कार्यालय मलंगवामा ५ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन् ।

भूमिहीनको समस्या समाधानको प्रक्रिया अघि बढिरहेको अवस्थामा आयोग खारेजी भएपछि आफूहरु भूमि पाउनबाट वञ्चित भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । भूमि अधिकार मञ्चको अगुवाइमा भूमिहीनहरुले सहिद चोकबाट विभिन्न नाराबाजी गर्दै नापी कार्यालयअगाडि धर्नामा बसेका थिए ।

भूमिहीनहरुले सुकुम्बासीहरुमाथि हुने चलखेल बन्द गर, आश्वासन हैन लालपूर्जा दे, सुकुम्बासीले जग्गा कहिले पाउने ? भूमि आयोगको काम निरन्तरता दे लगायतका प्ले कार्ड बोकेर नापी कार्यालय पुगेका थिए ।

नापी कार्यालय पुगेका भूमिहीनले कार्यालय प्रमुख संजय मानन्धरलाई आयोग खारेजीको विरुद्ध ५ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन् । हजारौं भूमिहीन भूमिबाट वञ्चित भएकाले आयोगको कामको निरन्तका लागि खबरदारी कार्यक्रम गर्नुपरेको मञ्चका अध्यक्ष भवानी घिमिरेले बताइन् । 

भूमि अधिकार मंचका अनुसार सर्लाहीमा मात्र ६ हजार ४ सय ५९ भूमिहीन दलित, ८ हजार ७ सय ५२ भूमिहीन सुकुम्बासी, ३० हजार ८ सय २८ अव्यवस्थित बसोबासी तथा १ हजार २ सय ९० अधुरा अपुरा बसोबासी छन् ।

ओमप्रकाश

Link copied successfully