आन्दोलनरत तीन स्वास्थ्यकर्मी प्रहरीको नियन्त्रणमा

सडक जाम खुलाउन तीन जनालाई नियन्त्रणमा लिएको धनुषाका डीएसपी गणेशबहादुर बमले जानकरी दिए । उनका अनुसार भीड तितरबितर पार्न प्रहरीले दुई राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो ।

कार्तिक १८, २०८२

कमलेश ठाकुर

Three protesting health workers taken into police custody

जनकपुरधाम — धनुषामा आन्दोलनरत तीन जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत पिडारी चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

सडक जाम खुलाउन तीन जनालाई नियन्त्रणमा लिएको धनुषाका डीएसपी गणेशबहादुर बमले जानकरी दिए । उनका अनुसार भीड तितरबितर पार्न प्रहरीले दुई राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो । 

सडकको जाम खुलेको छ । केही स्वास्थ्यकर्मी अहिले पनि सडकको छेउमा प्रदर्शन गरिरहेको उनले बताए । स्वास्थ्यकर्मीहरु बिहानैदेखि सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेको थियो । 

साँझ सडक जाम भएपछि प्रहरीले बल प्रयोग गरेर भीड तिरबितर गर्ने प्रयास गरेको छ ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully