स्वास्थ्यकर्मीद्वारा ‘सिक्स–लेन’ सडकमै उत्रिएर प्रदर्शन

नेपाल सरकारले तोकेको मापदण्डअनुसारको तलब पाउनुपर्ने माग गर्दै निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आन्दोलन गर्दै आएका छन् ।

कार्तिक १८, २०८२

कमलेश ठाकुर

Health workers protest on 'six-lane' road

जनकपुरधाम — जनकपुर–ढल्केवर सडक अवरुद्ध गरेर स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् । मंगलबार रामानन्द चोकस्थित  ‘सिक्स–लेन’ सडक अवरुद्ध गरेर स्वास्थ्यकर्मीले तेस्रो दिन पनि आन्दोलन जारी राखेका हुन् ।

नेपाल सरकारले तोकेको मापदण्डअनुसारको तलब पाउनुपर्ने माग गर्दै निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आन्दोलन गर्दै आएका छन् ।

श्रमशोषणमा परेको भन्दै उनीहरूले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको तलबअनुसार पाउनुपर्ने, स्वास्थ्यकर्मीको परिवारजनको निःशुल्क स्वास्थ्य उपचार, स्वास्थ्यकर्मीको सुरक्षा र बिमाको व्यवस्थासहित सात बुँदे माग गर्दै विरोध प्रर्दशन गर्दै आएका छन् ।

मन्त्रालयबाट पटक–पटक सूचना जारी हुँदासमेत निजी अस्पतालहरूले कार्यान्वयन नगरेको स्वास्थ्यकर्मी रामविनय ठाकुरले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई बारम्बार ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस कदम नउठाइएकाले बाध्य भएर सडकमा उत्रिएर आन्दोलन गर्नुपरेको सुनाए ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully