गत असोज ३१ गते धनुषा प्रहरीले सुनचाँदी पसलमा अनधिकृत रूपमा छापा मारेको थियो ।
जनकपुरधाम — धनुषामा आन्दोलनरत व्यवसायी र प्रहरीबीच पाँच बुँदे सम्झौता भएको छ । मंगलबार साँझ जनकपुर उद्योग वाणिज्य संघ र तीनै तहका सुरक्षाकर्मीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो ।
गत असोज ३१ गते धनुषा प्रहरीले सुनचाँदी पसलमा अनधिकृत रूपमा छापा मारेको थियो । सोही क्रममा प्रतिवादमा उत्रिएका जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीसहित केही व्यवसायी घाइते भएका थिए ।
त्यसपछि धनुषाका व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । व्यवसायीहरूले आज दिउँसो १२ बजे सम्म पसल बन्द गरेर धनुषा प्रहरीले गरेको कार्यको विरोधमा प्रदर्शन गरेका थिए ।
आज दुवै पक्ष बसेर सो दिनको घटनाबारे सम्बन्धित निकायले छानबिन गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने र आन्दोलनरत पक्षले आजैदेखि आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।
