हत्या आरोपित चार जना पुर्पक्षका लागि थुनामा 

कारागार कार्यालयमा चलान भएकाहरुमा वीरगन्ज-२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करणप्रसाद पटेल र अर्का एक १७ वर्षीय किशोर रहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

कार्तिक १४, २०८२

शंकर आचार्य

Four murder suspects remanded in custody pending trial

पर्सा — वीरगन्जमा दसैं मेलामा भएको ग्याङ फाइटमा मृत्यु भएका गोल्डेन भन्ने शिवम साहको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । 

असोज १४ गते राति साढे ११ बजेतिर वीरगन्ज महानगरपालिका–१० गीता मन्दिर सडक छेउमा लागेको गहवामाईको मेलामा दुई समूहबीच भएको झगडामा वीरगन्ज–१० का २० वर्षीय गोल्डेन भन्ने शिवम साह कानुलाई कुटपिट तथा चक्कु प्रहार गरिएको थियो । खुनी दरिन्दे नामक ह्वाट्स अप समूह चलाएका व्यक्तिहरुमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई शुक्रबार जिल्ला अदालतमा पेस गरिएको थियो । 

कारागार कार्यालयमा चलान भएकाहरुमा वीरगन्ज-२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करणप्रसाद पटेल र अर्का एक १७ वर्षीय किशोर रहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully