बारागढी गाउँपालिका-६ का वडाध्यक्ष निरज साह तेलीको बिहीबार राति निधन
बारा — बारागढी गाउँपालिका-६ का वडाध्यक्ष निरज साह तेलीको बिहीबार राति निधन भएको छ । ४६ वर्षीय तेलीको उपचारको क्रममा वीरगन्ज नेसनल मेडिकल कलेजमा निधन भएको उनका काका बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले बताए ।
उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । दोस्रो कार्यकालका लागि उनी कांग्रेसबाट निर्वाचित थिए भने पहिलो कार्यकालका लागि जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । उनका २ छोरी, एक छोरा र श्रीमती छन् ।
