पत्नीलाई दाइजोको कारण मानसिक यातना र कुटपिट गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सुनाएको छ।
पर्सा — पत्नी हत्याका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१७ का २५ वर्षीय साहजिम मियाँ अन्सारी रहेका छन्। प्रहरीले उनलाई बिहीबार उनैको घरबाट नियन्त्रणमा लिएको हो।
उनीमाथि २०७८ वैशाख ३ गते आफ्नी पत्नी २२ वर्षीया रबिना खातुनलाई दाइजोको विषयलाई लिएर मानसिक यातना तथा कुटपिट गरी हत्या गरेको आरोप छ। उक्त घटनापछि मियाँ फरार थिए।
जिल्ला अदालतले उनलाई उक्त कर्तव्यज्यान मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकेको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
