नख्खु कारागारबाट फरार कैदी वीरगन्जबाट पक्राउ

पक्राउ पर्नेमा वीरगन्ज–१० रानीघाटका ३९ वर्षीय लालबाबु साह छन् । 

कार्तिक १२, २०८२

शंकर आचार्य

Prisoner who escaped from Nakkhu Prison arrested in Birgunj

पर्सा — जेन-जी आन्दोलनको क्रममा नख्खु कारागार ललितपुरबाट फरार एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज–१० रानीघाटका ३९ वर्षीय लालबाबु साह छन् । 

उनलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर वीरगन्जबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो । उनलाई लागुऔषध मुद्दामा पर्सा जिल्ला अदालतले २ वर्ष १ महिना कैद र १ लाख ५ हजार रुपैयाँ जरिवानासमेत तोकेको छ ।

जेन-जी आन्दोलनको क्रममा उनी भदौ २४ गते फरार भई लुकिछिपि बस्दै आएका थिए । मंगलबार साँझ साढे ५ बजे प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई सम्बन्धित कारागारबाट पठाउने तयारी भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपि हरिबहादुर बस्नेतले जानकारी दिएका छन् । 

शंकर

Link copied successfully