विषादी प्रयोग गरेको केरासहित एक जना पक्राउ 

अस्थायी प्रहरी पोस्ट घण्टाघरबाट खटिएको प्रहरी टोलीले शनिबार राति ९ बजेको समयमा वीरगन्ज–११ का २६ वर्षीय मनैयाकुमार रौनियारलाई पक्राउ गरेको हो ।

कार्तिक ९, २०८२

शंकर आचार्य

One arrested with bananas treated with pesticide

पर्सा — केरामा विषादी प्रयोग गरेको आरोपमा प्रहरीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । 

वीरगन्ज महानगरपालिका–९ घण्टाघरमा बिक्री  वितरणका लागि राखिएको  केरामा विषादी मिलाएको भनी गोप्य सूचनाका आधारमा वीरगन्ज–११ का २६ वर्षीय मनैयाकुमार रौनियार पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोस्ट घण्टाघरबाट खटिएको प्रहरी टोलीले शनिबार राति ९ बजेको समयमा उनलाई पक्राउ गरेको हो ।

करिब चार सय किलो केरासहित उनलाई नियन्त्रणमा लिएको छ । उनलाई आइतबार जिल्ला अदालतमा पेस गरी ५ दिन म्याद थप गरी अनुसन्धान जारी राखिने पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

हाल जारी छठ पर्वको समयमा केराको अत्यधिक माग हुने गर्छ । व्यापारीले काँचो केरा छिटो पकाउनका लागि केरामा विषादी प्रयोग गर्ने गर्छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully