बिहान करिब सवा २ बजे उक्त आगलागी भएको हो ।
पर्सा — वीरगन्जस्थित एक व्यापारिक प्रतिष्ठानमा बुधबार बिहान भीषण आगलागी भएको छ । बिहान करिब सवा २ बजे उक्त आगलागी भएको हो ।
वीरगन्ज महानगरपालिका–१६ स्थित रोहित केमिकल ट्रेडर्स र रोहित सेल्स स्टोरमा उक्त आगलागी भएको थियो । नेपाल र सशस्त्र प्रहरीकोसमेत गरी ४३ सुरक्षाकर्मीको टोलीले आगो निभाउने कार्यमा संलग्न थियो ।
आगो नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाको दमकल, पोखरिया नगरपालिकाको दमकल, र वीरगन्ज मेट्रो ट्यांकरको सहयोग लिइएको थियो । आगलागीबाट मानवीय क्षति भएको छैन ।
बिहान करिब साढे ५ बजे आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण नखुलेको र क्षतिको विस्तृत विवरण संकलनको कार्य जारी रहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
