रौतहटमा लागू औषधसहित म्याग्दीकी महिला पक्राउ

पक्राउ परेकी महिला म्याग्दीबाट किन र कसरी रौतहट आएर लागू औषध खरिद गरिन् भन्ने अनुसन्धानको विषय भएको डीएसपी राजु कार्कीले बताए ।

कार्तिक ३, २०८२

कान्तिपुर संवाददाता

Myagdi woman arrested with drugs in Rautahat

रौतहट — रौतहट प्रहरीले सोमबार सााझ ठूलो परिमाणमा नशालु इन्जेक्सनसहित म्याग्दीकी ६० वर्षीया दिलमाया विकलाई पक्राउ गरेको छ ।

यमुनामाई गाउँपालिका–५ बमनहर नजिकै सोमबार प्रहरी चौकी बमनहरबाट खटिएको टोलीले गौर–चन्द्रनिगाहपुर खण्डमा चेकजाँचका क्रममा लागू औषधसहित उनलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय गौरका अनुसार गौरबाट चपुरतर्फ जाँदै गरेको ना५ख ५०६३ नम्बरको यात्रुवाहक बसलाई रोकेर जाँच गर्दा म्याग्दी जिल्ला बेनी नगरपालिका–९ फूलचौरकी विकलाई लागूऔषधसहित पक्राउ गरेको हो ।  

उनको साथबाट डाइजोपाम ४९१, फेनारगन ४९८ पिस, नुफिन ४०० पिस र बुप्रेनोर्फिन १०० पिस गरी जम्मा १ हजार ४ सय ८९ पिस नशालु इन्जेक्सन बरामद गरेको जिल्ला प्रहरीका डीएसपी राजु कार्कीले जानकारी दिए । पक्राउ परेकी महिला म्याग्दीबाट किन र कसरी रौतहट आएर लागू औषध खरिद गरिन् भन्ने अनुसन्धानको विषय भएको डीएसपी कार्कीले बताए । लागूऔषधसहित पक्राउ परेकी महिलाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully