घरमा तिहारको बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु

वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

कार्तिक २, २०८२

रासस

Death due to electrocution while lighting Tihar lamps at home

वीरगन्ज (पर्सा) — घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको  मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१ छपकैया टोलका १७ वर्षीष पियूषकुमार साह रहेका छन् ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझ आफ्नो एकतले घरको छतमा तिहारको झिलीमिली बत्ती लगाउने क्रममा घटना भएको हो ।

वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको नारायणी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रासस

Link copied successfully